काठमाडौं । मंगलबार बढेको शेयर बजार बुधबार पनि बढेको छ ।
बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७.०१ अंकले बढेर २६९६.२३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.३० अंकले बढेर ४५१.८२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.७० र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.६६ अंकले बढेको हो ।
बुधबार ३२९ वटा कम्पनीको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ७ अर्ब २६ करोड ५१ लाख २२ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा १ अर्ब २७ करोड ९२ लाख ३५ हजारले कम हो ।
मंगलबार ३२० वटा कमपनीको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर खरिब बिक्री हुँदा कारोबार रकम ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार पुगेको थियो ।
यसैबीच बुधबार बजार पुँजीकरण रकम ४४ खर्ब ८२ अर्ब १८ करोड पुगेको छ । यसदिन १४७ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २ वटा कम्पनीका शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन ७ वटा उपसमूह बढ्दा ६ वटा घटेको छ । बैंकिङ ५, विकास बैंक ६२, जलविद्युत ५७, जीवन बीमा ७, म्युअुचल फण्ड ०.०७, निर्जीवन बीमा ६९ र व्यापार ५ अंकले बढेको छ । साथै वित्त १७, होटल र पर्यटन ११, लगानी ०.४०, उत्पादन र प्रशोधन ११, लघुवित्त ३ र अन्य समूह २६ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा ङादी ग्रुप, राधी विद्युत कम्पनी, बलेफी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी र हिमालयन पावर पार्टनर रह्यो । ङादी ग्रुपको ५९ करोड ४१ लाख, राधी विद्युत कम्पनीको ५० करोड ७२ लाख, बलेफी हाइड्रोपावरको ४२ करोड ८७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ४० करोड ३६ लाख र हिमालयन पावर पार्टनरको ३१ करोड ५७ लाख बराबर करोबार भयो ।

