CLI

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयर सुनिश्चित गर्ने आज अन्तिम दिन

काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिन योग्य हुने शेयरधनी सुनिश्चित गर्ने आज (वैशाख ४ गते) अन्तिम दिन हो।

कम्पनीले भोलि वैशाख ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। सोही कारण आजसम्म कम्पनीको शेयरधनी सूचिमा नाम रहेको लगानीकर्ताहरू मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता रू. १०० को दरमा १ः०.२७ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति दिइसकेको छ। उक्त अनुपात अनुसार कम्पनीले कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर जारी गर्नेछ।

यद्यपि, हकप्रद निष्कासनको मिति भने हालसम्म टुंगो लागेको छैन। यस हकप्रद शेयर निष्कासनको बिक्री तथा व्यवस्थापनको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई दिइएको छ।

Leave Your Comment

Related News