RE
Global College

मातृभूमि लघुवित्तको साधारणसभा सम्पन्न, एफपीओ प्रस्ताव पारित

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।वैशाख २ गते काठमाडौंको बुढानीलकण्ठस्थित होटल अमुप्रस्था बैंक्वेटमा लोकराज शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र सर्वसाधारणका लागि थप शेयर निष्काशन (एफपीओ) सम्बन्धी प्रस्तावहरू पारित गरेको छ।

सभामा शेयर सदस्यहरूले आफ्ना विभिन्न सुझाव, सल्लाह र जिज्ञासाहरू राखेका थिए। ती सबै जिज्ञासाको उत्तर अध्यक्ष शर्मा र प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्माले दिएका थिए।

सभामा स्वागत मन्तव्य सञ्चालक शुष्मा गौतमले दिएकी थिइन भने सञ्चालन प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव लक्ष्मी प्रसाद शर्माले गरेका थिए।

साधारण सभाबाट संस्थापक शेयरधनी तर्फबाट शम्भु प्रसाद धिमिरे, बिमला योगी, खडानन्द सापकोटा र इन्द्र कुमार शाह तथा सर्वसाधारण शेयरधनी तर्फबाट विनोद आचार्य र भरत बहादुर हमाल सञ्चालकमा निर्वाचित भएका छन्।

कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकबाट विनोद आचार्यलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरिएको छ। उनले सोही दिन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेको कम्पनीले जानकारी दिएको छ।

NECO

Leave Your Comment

Related News