CLI

हायर पर्चेज कर्जा १ खर्ब २९ अर्ब पुग्यो, वाणिज्य बैंकले बढाउँदा विकास बैंक र वित्तले कर्जा घटाए

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको हायर पर्चेज (सवारी साधन) कर्जा वितरणमा वृद्धिदर देखिएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाहरुको सवारी साधन कर्जा वितरण १ खर्ब २९ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३ अर्ब ६५ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सवारी साधन खरिदबिक्रीका लागि १ खर्ब २६ अर्ब २९ करोड रुपैयाँ वितरण गरेको थियो ।

पछिल्लो समय अर्थतन्त्र चलायमान हुन नसक्दा यसको यातायात क्षेत्रमा समेत केहि मात्रमा प्रभावित भएको बैंकरहरु बताउछन् । बैंकरहरु अनुसार बैंक तथा वित्तीय संस्थाले सवारी साधन कर्जा प्रवाहमा न्यून प्रभाव हुनुको करण भने विद्युतीय सवारी साधनको खरिद बढ्नु कारण मानिएको छन् ।

चालु आर्थिक वर्षको फागुनसम्म वाणिज्य बैंकले सवारी साधन कर्जास्वरुप १ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५ अर्ब ७९ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले सवारी साधन कर्जास्वरुप १ खर्ब ७ अर्ब ६४ करोड रुपैयाँ प्रवाह गरेको थियो ।

चालु आर्थिक वर्षको मंसिरसम्म विकास बैंकले सवारी साधन कर्जास्वरुप १३ अर्ब २१ करोड ५० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २ अर्ब ५ करोड ४० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले सवारी साधन कर्जास्वरुप १५ अर्ब २६ करोड ९० लाख रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको मंसिरसम्म वित्त कम्पनीहरुले सवारी साधन कर्जास्वरुप ३ अर्ब ३० करोड ३० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ७ करोड ९० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले सवारी साधन कर्जास्वरुप ३ अर्ब ३८ करोड २० लाख रुपैयाँ वितरण गरेको थियो । सवारी साधनको बजार सामान्य प्रभावित भएपनि पछिल्लो समय विद्युतीय सवारी साधनले बजार चलयमान बनाइरहेको बैंकरहरु बताउँछन् । जसले गर्दा बैंक तथा वित्तीय संस्था अनुरुप कर्जा प्रवाह बढी र कम भएको देखिन्छ । सवारी साधन खरिद बिक्रीका लागि वाणिज्य बैंकको कर्जा प्रवाहमा वृद्धिदर देखिदाँ विकास बैंक र वित्त कम्पनीमा कमी देखिनु सोहि कारण भएको उनीहरुको भनाई छ । पछिल्लो समय निजी सवारी साधनको तुलनामा सार्वजनिक सवारी साधनहरुको बिक्री माग रहेको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार