काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ लाख ६९ हजार २१९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकका ८ जना संस्थापक शेयर बिक्रीका लागि आवेदन गरेका थिए । संस्थापक समूहको शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने हुने भएकाले संस्थापक शेयरधनीका नाममा कम्पनीले बिक्री खुला गरेको हो ।
विद्यमान संस्थापक शेयरधनीले उक्त संस्थापक शेयर खरिदका लागि ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर र प्रतिकित्ता रकमसहित खुलाइ बैंकको शेयर शाखा लाजिम्पाट, काठमाण्डौँमा निवेदन दिनसक्नेछन् ।

