नेको इन्स्योरेन्सको २ लाख २५ हजार कित्ता हकप्रद शेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले २ लाख २५ हजार २६१ कित्ता हकप्रद शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ ।

नेको इन्सुरेन्स लिमिटेडको चुक्ता पूँजी दुई अर्ब एक करोड २३ लाख ६० हजार ६१९ बराबरको प्रतिशेयर अंकित मूल्य सयका दरले २ करोड एक लाख २३ हजार ६०६.१९ कित्ता शेयरको २५% ले (विद्यमान ४ कित्ता शेयर) बराबर नयाँ १ कित्ता शेयर हुन आउने प्रति शेयर अंकित मुल्य सयका दरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर बिक्री खुला गरिएको थियो ।

जसमध्ये संस्थापक समूहतर्फको ४३ हजार ७७९.५२ कित्ता तथा सर्वसाधारण समूह तर्फको १ लाख ८१ हजार ४८१.८३ कित्ता गरी जम्मा २ लाख २५ हजार २६१.३५ कित्ता शेयरहरु खरीदका लागि आवेदन परेको थिएन ।

आवेदन नपरेको शेयर सर्वसाधारणका लागि २०८२ वैशाख २१ गतेसम्म बिक्री खुला गरिएको हो । इच्छुक योग्य जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो खुलाइ शर्तहरुको अधीनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न कम्पनीले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार