RE
Global College

सगरमाथा जलविद्युत कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै शुक्रबार उक्त जानकारी गराएको हो ।

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठामाडौंलाई शेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

आगामी दिनमा सगरमाथा जलविद्युत कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू एनएमबि क्यापिटलमार्फत हुनेछ ।

NECO

Leave Your Comment

Related News