काठमाडौं । उच्चतम विन्दुबाट सुनको मूल्य फर्किएको छ । बिहीबार हालसम्मकै अधिकतम मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ प्रति तोला पुगेको सुन आज (शुक्रबार) घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलनामा शुक्रबार ८०० रुपैयाँले सुन घटेको हो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

