राप्रपाको प्रदर्शन सँगै बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुनः स्थापना लगायतका विभिन्न माग राख्दै आइतबार काठमाडौंमा प्रदर्शन गर्दैछ ।

काठमाडौंको बिजुलीबजार क्षेत्रमा मध्याह्न १२ बजेपछि प्रदर्शन गर्न लागिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शनको तयारी गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू प्रदर्शनमा सहभागी हुँदैछन् । यसैबीच अध्यक्ष लिङ्देनले निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शन नगर्ने बताएका छन् ।

राप्रपाको आन्दोलनलाई डा. जगमान गुरूङ नेतृत्वको राजसंस्थ र सनातन हिन्दू राष्ट्र स्थापना संघर्ष समितिले समेत समर्थन गर्ने जनाएको छ ।

यसअघि चैत्र २७ गते राप्रपालाई सभाका लागि बल्खुमा स्थान दिइएको थियो । राप्रपाको आन्दोलनका कारण शिक्षकहरूको आन्दोलन आइतबार बिहान सारिएको थियो ।

शुरूमै निषेधित क्षेत्र तोड्ने दाबी गरिएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ ।निषेधित क्षेत्र तोड्ने/ नतोड्ने दुविधाका बीच सुरक्षा व्यवस्था कडा बनााएको गृहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार