ट्रेड टावरको प्रथम चरणको आईपीओ आजदेखि बिक्रीमा

काठमाडौं । ट्रेड टावर लिमिटेडको प्राथमिक साधारण शेयर (आईपीओ) आजदेखि निष्काशन तथा बिक्री खुला गरिँदैछ ।

कम्पनीले पहिलो चरणमा  विदेशमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिन लागेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको  ४८.७० प्रतिशतले हुन आउने ३९ लाख ७१ हजार ६९३ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ । जसमा पहिलो चरणमा १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर विदेशमा रहेका नेपालीहरुका लागि बिक्री खुला गर्न लागिएको हो ।

आईपीओका लागि वैशाख २२ गतेसम्म घटीमा १० कित्तादेखि बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशक तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडले रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार