सुन हालसम्मको महँगो

काठमाडौं । सुन पुन फेरि सर्वाधिक महँगो भएको छ । आज सोमबार सुन प्रति तोला १ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रति तोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी मूल्य भने स्थिर रहेको छ । चाँदी प्रति तोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार