सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला २ लाख नजिक

काठमाडौं । सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबार सुनको मूल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पर्दा सुनको मूल्य बढ्दै गएको हो । पछिल्लो समयमा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमका कारणले सुनको मूल्य बढेको देखिन्छ ।

मंगलबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ कायम रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार