प्रभु स्टील्स एण्ड हाईड्राको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद शेर बाँडफाँट गरेको छ ।

कम्पनीले चैत ६ गतेदेखि २० गतेसम्म शतप्रतिशत हकप्रद सेयर विक्री खुला गर्दा वितरण नभएका १३ लाख १७ हजार ३० कित्ता हकप्रद शेयर चैत ६ गतेदेखि लिलामी प्रक्रियाबाट विक्री गरेको हो ।

यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६० तोकि बिक्री गरिएको उक्त शेयर अधिकतम १०० रुपैयाँदेखि न्यूनतम ६० रुपैयाँसम्म मूल्य तय गरि आवेदन दिने सबै आवेदकहरुलाई शेयर बाँडफाँट गरिएको हो ।
कम्पनीले उक्त शेयर संस्थापकतर्फको हो । सर्वसाधारण्मा आईपीओ निष्कासन गर्ने तयारी पनि कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार