काठमाडौं । पछिल्लो समय वित्त कम्पनीहरुको नाफा बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा मुलुकमा सञ्चालनमा रहेका १५ वटा वित्त कम्पनीहरुको नाफा १७ करोड ४८ लाख पुगेको छ । गत वर्षको सोहि अवधिमा उक्त वित्त कम्पनीहरु १८ करोड १९ लाख घाटामा रहेका थिए ।
ती वित्त कम्पनीहरुलको सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुरुप नाफामा सुधार भएको देखिन्छ । चालु आवको तेस्रो त्रैमासमा सर्वाधिक नाफा कमाउनेमा क्रमशः आइसीएफसी, मन्जुश्री, प्रोगेसिभ, पोखरा, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीले रहे । समिक्षा अवधिमा आइसीएफसीले १९ करोड ५० लाख, मञ्जुश्रीले १७ करोड ११ लाख, प्रोगेसिभले ९ करोड ४ लाख, पोखराले ५ करोड ८१ लाख र श्री इन्भेष्टमेन्टले ४ करोड ९१ लाख नाफा कमायो ।
गत आवको सोहि अवधिमा आइसीएफसी, मञ्जुश्री नाफामा हुँदा प्रोगेसिभ र पोखराले भने नोक्सानी व्यहोरेका थिए । समिक्षा अवधिमा आइसीएफसीले ३ करोड ३२ लाख, मञ्जुश्रीले १८ करोड ९ लाख र श्री इन्भेष्टमेन्टले ३ करोड १२ लाख नाफा कमाउँदा प्रोगेसिभ ५ करोड ४९ लाख, पोखरा १८ करोड २९ लाख नोक्सानी व्यहोरकेो थियो ।
त्यस्तै चालु आवको तेस्रो त्रैमासमा गूह्यश्ेवरीले ३ करोड २४ लाख, मल्टीप्रपोजले २ करोड १६ लाख, सेन्ट्रलले १ करोड ६९ लाख, गुडवीलले १ करोड ५२ लाख र नेपाल फाइनान्सले १७ लाख नाफा कमाएको छ । गत आवको सोहि अवधिमा मल्टीप्रपोजले १५ लाख, गुडवीलले ८ करोड ६४ लाख, नेपाल फाइनान्सले १३ लाख नाफा कमाउँदा गूह्यश्ेवरीले ५ करोड ५० लाख, सेन्ट्रलले ६ करोड १४ लाख नोक्सानी व्यहोरेको थियो ।
चालु आवको तेस्रो त्रैमासमा रिलायबल, जानकी, वेष्ट, गोर्खाज र समृद्धि फाइनान्सले भने नोक्सानी व्यहोरको छ । समिक्षा अवधिमा रिलायबलले १ करोड ७४ लाख, जानकीले १ करोड २८ लाख, वेष्टले ७ करोड ६२ लाख, गोर्खाजले ६ करोड २१ लाख र समृद्धि फाइनान्सलले ३ करोड ५७ लाख नोक्सानी व्यहोरेको छ । गत आवको सोहि अवधिमा वेष्ट र गोर्खाज नाफामा रहँदा रिलायबल, जानकी र समृद्धि फाइनान्सले भने नोक्सानी व्यहोरेका थिए ।


