काठमाडौं । नेको इन्स्योरेन्सले ७ प्रतिशत बोनस शेयर दिने भएको छ । इन्स्योरेन्सको वैशाख ११ गते बसेको सञ्चालक समितको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरिुलाई ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
साथै उक्त बैठकले कर प्रयोजनाको लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त बोनस शेयर र नगद लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति एवं आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।

