बढ्यो सुनको मूल्य

काठमाडौं ।आज बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६३ हजार ४ सय १० रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार १० रुपैयाँ कायम छ । आज १० ग्राम चाँदीको मूल्य १ हजार ७ सय २३ रुपैयाँ तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार