RE
Global College

दुई लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन, आजदेखि कारोबार 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरिएको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको हो।

स्वाभिमान लघुवित्तले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेसँगै कम्पनीको शेयर मूल्य समायोजन गरिएको हो। समायोजनको आधार मूल्य कम्पनीको अन्तिम कारोबार मूल्य १८२२.८६ रुपैयाँ लिइएको छ। मूल्य समायोजनपश्चात कम्पनीको शेयर मूल्य १७३६.०६ रुपैयाँमा झरेको छ।

त्यस्तै, स्वरोजगार लघुवित्तको हकमा १३.५० प्रतिशत बोनस सेयर प्रस्तावसँगै मूल्य समायोजन भएको हो। कम्पनीको अन्तिम कारोबार मूल्य ९६०.२४ रुपैयाँलाई आधार मान्दै, समायोजनपछि मूल्य ८४६.०३ रुपैयाँमा झरेको हो।
बिहीबार देखि यी दुवै कम्पनीको शेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुलेको छ ।

NECO

Leave Your Comment

Related News