काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार २ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । मिथिला लघुवित्तको २ लाख ७९ हजार ३०३.९३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यो कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर दिएको थियो ।
श्री इन्भेष्टमेन्ट फाइनान्सको पनि १ लाख ८३ हजार १६८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस फाइनान्सले १.८७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

