CLI

सहकारी ठगीमा पक्राउ परेकी माया राईको जानकारी संसदमा गराइयो

काठमाडौं । संसद्‌मा सांसद माया राई पक्राउ परेको सूचना सुनाएको छ ।

सहकारी ठगीमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद राई शनिबार पक्राउ परेकी थिइन् । उनी पक्राउ परेको सूचना शनिबार संघीय संसद् सचिवालय पुगेको थियो ।

उक्त सूचना आइतबारको प्रतिनिधि सभाको बैठकमा सुनाइएको हो ।

सांसद पक्राउ परेपछि संसद्लाई जानकारी गराउनुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा छ । कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने व्यवस्था नियमावलीको नियम २४८ को उपनियम १ मा छ ।

बैठक नचलेको अवस्थामा पक्राउको सूचना प्राप्त भए सूचना पाटीमा सोको सूचना टाँस गर्ने र सभा चलिरहेको अवस्थामा सभामै सुनाउनुपर्ने व्यवस्था छ ।

यसअनुसार आइतबार प्रतिनिधि सभामा राई पक्राउ परेको सूचना सुनाइएको हो ।

Leave Your Comment

Related News