सातै प्रदेशका मुख्यमन्त्री र प्रदेशप्रमुखविरुद्धको रिटमाथि पूर्ण सुनुवाइ हुने

काठमाडौं । सात प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाअन्तर्गत काठमाडौँमा सुविधासम्पन्न आवास भवन दिइएकोमा उक्त सुविधा खारेज हुनुपर्ने मागसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतलाई विपक्षी बनाइ दायर रिट पूर्ण सुनुवाइका लागि पेस हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले क्त विषयलाई पूर्ण सुनवाइका निम्ति पेस गर्ने आदेश गरेको हो । इजलासले २०७५ मंसिर १७ गते मन्त्रिपरिषद्ले गरेको निर्णय समेत मगाउने आदेश गरेको छ ।

ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि ७० करोड रुपैयाँभन्दा बढी लागतमा ७ वटा भवनसहित १४ वटा ब्लकहरु बनाइएको थियो । प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई लबी, बैठक कक्ष, योग कक्षसम्म, पाहुनाका लागि छुट्टै कोठा, भान्सा कोठा, भण्डार कक्ष  ६० हजार लिटर क्षमताको आकाशे पानी सङ्कलन ट्याङ्की, १ लाख २७ हजार लिटर क्षमताको भूमिगत पानी ट्याङ्की साथै त्यहाँ बगैँचा, पोखरी, भव्य आन्तरिक सडक, पार्किङ र अन्य विलासी संरचना निर्माण गरेर उक्त भवन प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई हस्तान्तरण गरिएको थियो । प्रदेश प्रमुखका लागि करिब १० जना र मुख्यमन्त्रीका लागि १२ जना कर्मचारी र सुरक्षाकर्मीको समेत व्यवस्था गरिएको छ ।
२०७५ मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकले संघीय राजधानीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरूलाई आवास सुविधा दिनेगरी दोहोरो सुविधा प्रदान गरेको थियो । उक्त निर्णय खारेज हुनुपर्ने मागसहित अधिवक्ता चन्द्रप्रकाश भुसालले रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार