आगामी आवको नीति तथा कार्यक्रम शुक्रबार राष्ट्रपतिले संसद्को संयुक्त बैठकमा पेस गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा पेस गर्ने कार्यक्रम तय भएको छ । वैशाख १२ गतेदेखि बजेट अधिवेकशन सुरु भएको थियो ।

प्रतिनिधिसभाले सम्भावित कार्यसूची प्रकाशन गर्दै वैशाख १९ गते संसद्का दुवै सदनको संयुक्त बैठकको कार्यसूची सार्वजनिक गरेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने निर्णय गरेको हो । दिउँसो ३ बजे सुरु हुने संयुक्त बैठकमा राष्ट्रपति पौडेलले आगामी आवको नीति तथा कार्यक्रम पेस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार