RE
Global College

कोरिया पठाउने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका–२ घर भएकी ५१ वर्षीया मुना कार्की पक्राउ परेको प्रहरीले जानकारी गराएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मुनाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट तीन लाख ४० हजार रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा उनलाई काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।

प्रहरीले  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाएको  छ ।

NECO

Leave Your Comment

Related News