८.२६ अंकले बढ्यो नेप्से, ३ अर्ब पुग्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । आइतबार सेयर कारोबार नेप्से परिसूचक ८.२६ अंकले बढेर १ हजार ९ सय ७४.५० अंकमा पुगेर बन्द भएको छ ।

बिहीबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२१ अंकले बढेर ३ सय ५०.८२ बिन्दुमा पुगेको हो ।आइतबार ३ सय ११ वटा कम्पनीको ४९ हजार ७ सय ६४ पटक कारोबार हुदाँ कारोबार रकम भने ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार रुपैयाँ रहन पुग्यो । आइतबार बजार पुँजीकरण भने ३१ खर्ब ५५ अर्ब १४ करोड २१ लाख रुपैयाँ रह्यो ।

आइतबार १ सय २७ वटा कम्पनीको सेयर मुल्य बढ्यो भने १ सय ११ वटै कम्पनीको मुल्य घट्यो र ७ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।आइतबार कारोबार भएका १३ उपसमूहहरु मध्ये सम्पूर्ण १० वटा उपसमूहको सेयर मूल्य उकालो लाग्दा बाँकी ३ वटा उपसमूहको मूल्य भने आरोलो लागेको हो । जसमा फाइनान्स, होटल तथा पर्यटन र माइक्रोफाइनन्स समूह रहेको छ । बैकिङ ४ दशमलव ४६, विकास बैंक ४२ दशमलव ४३, जलविघुत ३ दशमलव ८५, लगानी ० दशमलव ११ ,जीवन बीमा १ सय २२ दशमलव ०८, उत्पादन ९३ दशमलव ६६, म्यअचल फण्ड ० दशमल ०२, निर्जिबन बिमा २ सय ७२ दशमल ०, अन्य ११ दशमलव ०१ र व्यापार ३१ दशमलव ६७ अंकले बढेको हो । फाइनान्स १८ दशमलव ७८ , होटल तथा पर्यटन १ सय २६ दशमलव ४५, र माइक्रोफाइनन्स समूह ५७ दशमलव ८१ अंकले घटेको हो ।

आइतबार सबैभन्दा बढी कारोबार हुनेमा सांग्रिला विकास बैंक, पोखरा फाइनान्स, सोनापुर मिनरल्स, शिवम सिमेन्ट र नेपाल इन्स्योरेनस रहे । सांग्रिला विकास बैंकको १० करोड ५० लाख रुपैयाँ, पोखरा फाइनान्सको ८ करोड ६ लाख रुपैयाँ, सोनापुर मिनरल्सको ८ करोड ५ लाख रुपैयाँ , शिवम सिमेन्टको ७ करोड ७१ लाख रुपैयाँ र नेपाल इन्स्योरेनसको ६ करोड ९५ लाख रुपैयाँ कारोबार रकम रह्यो ।

आइतबार सबैभन्दा बढी कमाउनेमा सिर्जनशील लघुवित्त, उन्नति सहकार्य लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्स, हिमालयन इभरेष्ट इन्स्योरेन्स र एसिएन लाइफ इन्स्योरेनस रहे भने सबैभन्दा बढी गुमाउनेमा मानुश्री लघुवित्त, डोल्टी पावर कम्पनी, आरएसडिसी लघुवित्त, सोल्टी होटेल र नेस्डो समृद्धि लघुवित्त रहे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार