सत्तापक्षीय बैठक बस्दै, गभर्नर नियुक्तिदेखि नीति तथा कार्यक्रमबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय बैठक बोलाएका छन् । बैठक बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा गर्भरन नियुक्ति, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र शिक्षक आन्दोलनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

सत्तापक्षीय गठबन्धनमा नेकपा एमाले र नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति, जसपा, लोसपा र जनमत पार्टी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार