कालिका लघुवित्तको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले बुधबार एक सूचना जारी गर्दै १० हजार ६४० कित्ता संस्थापक शेयर निष्काशन तथा बिक्रीमा ल्याइएको जानकारी दिएको छ ।

यसअघि कम्पनीले संस्थापक शेयर खरिद गरी लिन इच्छुक यस कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्थाअनुसार साविक संस्थापक शेयरधनीहरुमा उक्त शेयर बिक्रीमा ल्याएको थियो ।

तर ३५ दिनभित्र शेयर खरिदका लागि स्स्थापक शेयरधनीहरुले आवेदन नदिएपछि सर्वसाधारणमा उक्त शेयर जारी गरिएको हो ।

शेयर खरिदका लागि १५ दिनभित्र इच्छुक व्यक्ति र संस्थाले आवश्यक कागजात संलग्न गरी यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा कास्कीमा लिखित निवेदन दिनसक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार