RE
Global College

नेरुडे मिर्मिरे लघुवित्तको  साढे ३ लाख बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेरुडे मिर्मिर लघुवित्त वित्तीय संस्थाले ३ लाख ५६ हजार ७०८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । उक्त शेयर संस्थापक शेयरधनीका साथै सर्वसाधारणले समेत खरीद गर्न सक्नेछन् ।

यसअघि संस्थाका संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना निकालेर शेयर बिक्रीमा राखिएकोमा खरिद आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा राखिएको हो।

इच्छुक लगानीकर्ताले शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन पेस गर्न सक्नेछन्। निवेदन संस्थाको काभ्रेपलाञ्चोकको बनेपास्थित केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

NECO

Leave Your Comment

Related News