पर्वतमा लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न

पर्वत । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत ९२ लाख ७७ हजारको लागतमा जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ ।

आयोजना पूरा भएसँगै आयोजनाबाट १७ हेक्टरमा बाह्रै महिना किसानका खेतबारीमा सिँचाइ सुविधा पुगेको उक्त कार्यालयका प्रमुख सागर भट्टराईले जानकारी दिएका छन् । उनले चालु आर्थिक वर्षमा सञ्चालित ५० वटा सिँचाइ योजनामध्ये १० वटा यसै वर्ष सम्पन्न हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार