CLI

एक दर्जन लघुवित्तको नाफा १ अर्ब बढी

काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका एक दर्जन लघुवित्तको खुद मुनाफा १ अर्ब भन्दा बढी पुगेको छ । एक दर्जन लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासको वित्तीय विवरण अनुरुप खुद मुनाफा बढेको हो ।

एक दर्जन लघुवित्तहरुमो मेरो माइक्रोफाइनान्स, डिप्रोक्स, आत्मनिर्भर, सिवाइसी नेपाल, स्वास्तिक, समाज, गार्डियन, सपोर्ट, स्वाभिमान, ग्रामिण र हिमालयन लघुवित्त वित्तीय संस्था रहेका छन् । उक्त लघुवित्तहरुको गत आवको तेस्रो त्रैमासमा ७८ करोड २८ लाख ९ हजार खुद नाफा रहेकोमा चालु आवको सोहि अवधिमा १ अर्ब ११ करोड ४३ लाख ९ हजार खुद नाफा रहेको छ । समिक्षा अवधिमा लघुवित्तहरुको नाफा ४२.३४ प्रतिशतले बढेको हो ।

चालु आवको तेस्रौ त्रैमासमा सबैभन्दा बढी डिप्रोक्स, मेरोमाइक्रोफाइनान्स, आत्मनिर्भर, सिवाईसी लघुवित्तको खुद नाफा बढी रहेको छ । चालु आवको तेस्रो त्रैमासमा डिप्रोक्स ४३ करोड २१ लाख, मेरोमाइक्रोफाइनान्सले १२ करोड ९३ लाख, फस्र्टले ७ करोड ६ लाख, आत्मनिर्भरले २ करोड १४ लाख,सीवाइसीले ५ करोड ५८ लाख र स्वस्तिकले ६८ लाख खुद नाफा कमाएको छ । सोहि अवधिमा समाजले ३९ लाख, गार्डियनले २ करोड ७४ लाख, सपोर्टले ३ करोड ६ लाख, स्वाभिमानले ३ करोड ५७ लाख, ग्रामिणले २ करोड ४६ लाख र हिमालयन लघुवित्तले ५ करोड ३४ लाख खुद नाफा कमाएको छ ।

गत आवको तेस्रो त्रैमासमा डिप्रोक्स २५ करोड २९ लाख, मेरोमाइक्रोफाइनान्सले १२ करोड ३८ लाख, फस्र्टले १३ करोड २ लाख, आत्मनिर्भरले १ करोड २७ लाख,सीवाइसीले २ करोड ८० लाख खुद नाफा कमाउँदा स्वस्तिक भने ७६ लाख नोक्सानीमा रहेको थियो ।सोहि अवधिमा समाजले ५१ लाख, गार्डियनले ७ लाख, सपोर्टले १ करोड २३ लाख, स्वाभिमानले १८ लाख, ग्रामिणले २ करोड ११ लाख र हिमालयन लघुवित्तले १ करोड १३ लाख खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार