आज राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । सरकारले आज संघिय संसदको संयुक्त सदनमा आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत  गर्दैछ । दिउसो ३ बजे बस्ने संघिय संससद्को संयुक्त बैठकाम सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश हुने कार्यसुची रहेको संघिय संसदका महासचिव पध्म प्रसाद पाण्डेले बताएका छन् ।

नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संघीय संससद्को दुवै सदनको संयुक्त बैठकमा पेश गर्ने व्यावस्था रहेको छ ।

आजको बैठकमा प्रतिनिधिसभाका सभामूक देबराज अधिकारीले दिउँसो २ बजेर ४५ मिनेटमा सांसद र आमन्त्रित अतिथिलाई निर्धारित पोषाकमा उपस्थित भएर आशनग्रहण गरिसक्न आग्रह गरिसकेका छन् ।

यसअघि नै सत्ता साझेदार राजनीतिक दलका बीचमा अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ । आजै बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयमा मन्त्रीपरिषद्को बैठक बसि यो बर्षको सरकारले पेश गर्ने नीति तथा कार्यक्रम पारित गर्न बैठक बोलाएको छ ।

यो बर्षको  नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित गरेर ल्याउने बुझिएको छ  ।

सरकारको नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि २८ गतेसम्म  छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय भएको छ  ।

यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार