नेको इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश पारित गर्ने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले २९ औं वार्षिक साधारण सभा बोलाएको छ । लाभांश लगायतका प्रस्ताव पारित गर्न आउँदो जेठ ९ गते नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे २९औं वार्षिक साधारण सभा बोलाएको हो।

उक्त सभाले मुख्य रूपमा चुक्ता पूँजीको ७ प्रतिशत अर्थात् १०० कित्ता शेयरका लागि ७ कित्ताका दरले बोनस शेयर र ०।३६८४ प्रतिशत नगद लाभांश ९कर समेत० वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, लेखापरीक्षकको पारिश्रमिक निर्धारण गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ३० गते १ दिन बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा वैशाख २९ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार