CLI

गोर्खाज फाइनान्सको सीइओमा पुन: ज्ञानेन्द्र इवाहाङ नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्सले   कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुन: ज्ञानेन्द्र इवाहाङलाई नियुक्त गरेको छ ।

वैशाख १७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको सीइओमा इवाहाङलाई नियुक्त गर्ने निर्णय गरेको  हो । कम्पनीले आगामी वैशाख २१ गतेदेखि लागू हुने गरी चार वर्षको लागि उनलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

इवाहाङ हाल कम्पनीमै वरिष्ठ प्रबन्धकका रूपमा कार्यरत छन्। यसअघि पनि उनलाई यही पदमा नियुक्त गर्ने प्रयास भएको थियो। गत चैत्र १० गते बसेको संचालक समितिको बैठकले उनलाई चैत्र ११ गतेदेखि लागू हुने गरी सीइओ बनाउने निर्णय गरे पनि उक्त निर्णय राष्ट्र बैंकको निर्देशनपछि केवल केही घण्टामै खारेज गरिएको थियो।

राष्ट्र बैंकको तत्कालीन हस्तक्षेपले इवाहाङको नियुक्ति लामो समयसम्म अधरमा रह्यो। तर यसपटक कम्पनीले आवश्यक प्रक्रिया पूरा गर्दै पुनः उनलाई नेतृत्वमा ल्याएको छ।

 

Leave Your Comment

Related News