CLI

ब्याज आम्दानी बढ्दा पनि घट्यो नेरुडे मिर्मिरे लघुवित्तको नाफा ७१ प्रतिशतले

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफा ठूलो मात्रामा घटेको छ । लघुवित्तले चालु आर्थिक वर्ष (आव)को को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गर्दै उक्त कुरा बताएको हो ।

लघुवित्तले चालु आवको तेस्रो त्रैमासको अवधिमा ५ करोड ७९ लाख खुद नाफा कमाएको छ। जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ७०.८० प्रतिशत अर्थात् १४ करोड ४ लाखले खुद नाफा कम हो । लघुवित्तले गत आवको तेस्रो त्रैमासमा १९ करोड ८३ लाख खुद नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी बढ्दा पनि नाफामा सुधार हुन नसकेको हो । लघुवित्तले गत आवको तेस्रो त्रैमासमा खुद ब्याज आम्दानी ७३ करोड ५७ लाख हुँदा यस वर्षको सोहि अवधिमा उक्त आम्दानी १ अर्ब १४ करोड ४० लाख पुगेको छ । समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५५.४९ प्रतिशतले बढेको छ ।

त्यस्तै लघुवित्तको कुल संचालन आम्दानी पनि ८० करोड ३९ लाखबाट बढेर १ अर्ब १४ करोड पुगेको छ।लघुवित्तको सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत छुट्याएको रकम १५ करोड ७० लाखबाट बढेर ३२ करोड ९६ लाख पुगेको छ जसले गर्दा लघुवित्तको खुद नाफा घटेको देखिन्छ ।

यस अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा पनि ऋणात्मक रहेको छ । समिक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा ११ करोड ७१ लाख रहेको छ। १ अर्ब ३९ करोड चुक्ता पुँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब ४१ करोड रहेको छ।

त्यस्तै लघुवित्तको खराब कर्जा भने ८.८३ प्रतिशतबाट बढेर १४.८१ प्रतिशत पुगेको छ। यस अवधिमा लघुवित्तको प्रति शेयर आम्दानी ५ रुपैयाँ ५२ पैसा ,प्रतिशेयर कुल सम्पत्तिको मूल्य १ हजार ५६४ रुपैयाँ ७ पैसा , प्रति शेयर नेटवर्थ १९२.६६ रुपैयाँ र तरलता अनुपात १०.९६ गुण पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार