CLI

नेपाल टेलिकमको आम्दानी घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा नेपाल टेलिकमको नाफा बढे पनि आम्दानी घटेको देखिएको छ। टेलिकमले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो।

पहिलो नौ महिनामा कम्पनीको खुद नाफा ५ अर्ब ५९ करोड ३७ लाख ९८ हजार रुपैयाँ रहेको छ। गत आवको सोही अवधिमा कम्पनीको नाफा ५ अर्ब ४१ करोड १९ लाख ७५ हजार रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३.३६ प्रतिशतले बढेको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा बढे पनि आम्दानी भने घटेको देखिन्छ। तेस्रो त्रैमासमा कम्पनीले २५ अर्ब ४८ करोड १२ लाख ८९ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आवको सोही अवधिमा कम्पनीको आम्दानी २७ अर्ब ३४ करोड ६६ लाख ४८ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीको आम्दानी ६.८२ प्रतिशतले घटेको छ।
यस्तै कम्पनीको वित्तीय आम्दानी ८.९० प्रतिशतले घटेर ५ अर्ब १९ करोड ३३ लाख ६९ हजार रुपैयाँ रहेको छ। गत आवको सोही अवधिमा कम्पनीको वित्तीय आम्दानी ५ अर्ब ७० करोड ८ लाख रुपैयाँ थियो।

समग्रमा कम्पनीको कुल आम्दानी ६.०३ प्रतिशतले घटेको छ। चालु आवको तेस्रो त्रैमासमा कम्पनीको कुल आम्दानी ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार रुपैयाँ छ। गत आवको सोही अवधिमा कम्पनीको कुल आम्दानी ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रुपैयाँ थियो।

तेस्रो त्रैमासमा कम्पनीको प्रतिशत सेयर आम्दानी १.३५ प्रतिशत अंकले बढेर ४१.४४ रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा कम्पनीको ईपीएस ४०.०९ रुपैयाँ थियो।
तर कम्पनीको नेटवर्थ प्रति सेयर भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको नेटवर्थ प्रति सेयर ५१२.९९ रुपैयाँ छ भने गत आवको सोही अवधिमा ५१९.३० रुपैयाँ थियो।
१८ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको जगेणा कोषमा ७४ अर्ब ३३ करोड ८६ लाख २३ हजार रुपैयाँ सञ्चय छ।

Leave Your Comment

Related News