काठमाडौं । सरकारले काठमाण्डौको प्रर्दशनी स्थल मा रहेको भृकुटीमण्डपलाई अन्तराष्ट्रिय स्तरको प्रर्दशन स्थल तथा मनोरञ्जन पार्कको रुपमा बिकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि राष्ट्रपति राम चन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने व्यावस्था रहेको छ ।
नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि २८ गतेसम्म छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय भएको छ ।
यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ ।

