१२ कक्षाको अन्तिम परिक्षा आजदेखि

काठमाडौं । कक्षा १२ को अन्तिम परिक्षा आजबाट सुरु हुँदैछ । यसपाली परिक्षामा पाँच लाख ११ हजार पाँच सय २५ विद्यार्थीले परीक्षा दिँदै छन् । परीक्षामा सहभागी मध्ये तीन लाख ९५ हजार नौ सय आठ जना अर्थात् ७७.३९ प्रतिशत नियमित विद्यार्थी छन् । झन्डै २३ प्रतिशत अर्थात् एक लाख १५ हजार ६ सय १७ जना आशिंक विद्यार्थी   सहभागी हुने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ  ।

वैशाख ११ देखि परीक्षा लिने कार्य तालिका भए पनि शिक्षक महासंघको आन्दोलनको कारण १० दिन सरेको थियो । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति  रहेकोले त्यही समितिले अनुगमन र पर्यवेक्षणको व्यवस्था मिलाएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार