एकैदिन चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत ४ समितिको बैठक आज एकैदिन बस्ने भएको छ । आज अर्थ समिति, अन्तराष्ट्रिय सम्बन्ध पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक लेखा समितिको वैठक बस्न लागेका हुन ।

अर्थ समितिको वैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल हुनेछ । अन्तराष्ट्रिय सम्बन्ध पर्यटन समिति समितिको वार्षिक प्रतिवेदन बारे आन्तरिक छलफल र विविध छलफल हुनेछ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धी र समग्र कृषि क्षेत्रको बिकासमा सिंचाई, मलखाद, चक्लाबन्दी, प्रविधिको प्रयोग, अनुदान, बजारीकरण लगायतका विषयमा कृषि, वन, उर्जा, भूमि र अर्थ मन्त्रालयसँग छलफल हुनेछ । सा।ले।स।को २३ औं प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमा छलफल हुने समितिको सचिबालयले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार