CLI

नेपाल राष्ट्र बैंक कर्मचारी संघको महाधिवेशन सम्पन्न,रामहरि घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघले दशौँ केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ ।  बैशाख १७ र १८ गतेसम्म सम्पन्न भएको महाधिवेशनले  रामहरि घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्बाचित कार्यसमितिमा उपाध्यक्ष डिल्लीराज आचार्य, निर्जल घिमिरे, महासचिव कृष्ण प्रसाद खराल, सचिव बाशु रिजाल, मीनराज शर्मा, कोषाध्यक्ष रमेश खतिवडा, सह कोषाध्यक्ष रेवती राई र सदस्यहरुमा त्रमशः सरोज खनाल, रामसेवक मण्डल, गोमा धिताल, प्रकाश पोखरेल, अर्जुनराज तिवारी, साधना सुवेदी, जीवन बि.क., सुमन राई, सुरज जप्रेल र अमिष शर्मा रहेका छन् ।

अधिनवेशनको उद्घाटन समारोह नेपाल राष्ट्र बैंकको बालुवाटार केन्द्रीय कार्यालयको प्राङ्गणमा नेपाल राष्ट्र बैंककै का.मु. गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

“वैचारिक स्पष्टता र सांगठनिक सुदृढता सहितको गतिशील ट्रेड युनियन, हाम्रो पहिचान । सबल,सक्षम र स्वायत्त केन्द्र्रीय बैंक निर्माण, हाम्रो अभियान ।।” भन्ने मूल नाराका साथ सम्पन्न महाधिवेशन महाधिवेशन पूर्व बिराटनगरदेखि पश्चिम धनगढीसम्मका प्रतिनिधी तथा पर्यवेक्षकहरु उपस्थित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार