काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ।
कम्पनीले १ कित्ता साधारण शेयर बराबर नयाँ १ कित्ताका दरले कुल ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको हो।
उक्त हकप्रद शेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ पर्ने भएकाले हकप्रदबाट कम्पनीले कुल ४० करोड रुपैयाँ संकलन गर्नेछ।
यसमा हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ।

