CLI

मातृभूमि लघुवित्तद्धारा एफपीओ निष्कासनको लागि अनुमाति माग

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) को अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ।

कम्पनीले साविक किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थासँग मर्जरपछि शेयर अनुपात मिलान गर्नका लागि एफपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ११ लाख ४९ हजार ९८२.५९८ कित्ता एफपीओ निष्कासन गर्न अनुमति मागेको छ। यसबाट कम्पनीले ११ करोड ४९ लाख ९८ हजार रुपैयाँ संकलन गर्नेछ।

कम्पनीले एफपीओ सर्वसाधारण लगानीकर्ताका लागि जारी गर्नेछ। कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

 

Leave Your Comment

Related News