पाँच दिन पछि बढ्यो शेयर बजार, नेप्सेसँगै करिब सवा अर्बले बढ्यो कारोबार रकम

काठमाडौं ।साताको तेस्रो दिन दिन शेयर बजार सामान्य अंकले बढेको छ । गत सोमबार देखि निरन्तर घटेको शेयर बजार मंगलबार भने सामान्य अंकले बढेको हो ।

मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १.०३ अंकले बढेर २६११.४३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१३ अंकले बढेर ४४०.२६ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.०६ अंकले घट्दा सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१० अंकले बढेको हो ।

मंगलबार ३१८ वटा कम्पनीको २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार पुगेको छ । जुन सोमबारको तुलनामा कारोबार रकम १ अर्ब ११ करोड ३४ लाख ७५ हजारले बढी हो । सोमबार ३१९ वटा कम्पनीको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार पुगेको हो ।

यसैबीच मंगलबार बजार पुँजीकरण ४३ खर्ब ४४ अर्ब १ करोड ५६ लाख रहेको छ । सोमबार भने बजार पुँजीकरण रकम ४३ खर्ब४२ अर्ब २९ करोड पुगेको हो ।

यसदिन १२० वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १२६ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ५ वटा उपसमूह बढ्दा बाँकी ८ वटा उपसमूह घटेको छ । जलविद्युत ४९, जीवन बीमा १७, उत्पादन र प्रशोधन २१, निर्जीवन बीमा ७० र व्यापार ९१ अंकले बढ्दा बैंकिङ ५, विकास बैंक २७, वित्त ३०, होटल र पर्यटन २१, लगानी ०.४६, लघुवित्त १४, म्युअुचल फण्ड ०.०२ र अन्य समूह ३६ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा सानिमा माई हाइड्रोपावर, ङादी ग्रुप, राधी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावर रह्यो । सानिमा माई हाइड्रोपावरको ९२ करोड ८९ लाख, ङादी ग्रुपको ६७ करोड ३२ लाख, राधी विद्युत कम्पनीको ३८ करोड २२ लाख, युनिभर्सल पावर कम्पनीको ३६ करोड ११ लाख र अरुण भ्याली हाइड्रोपावरको ३२ करोड ७० लाख बराबर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार