अन्तर्राष्ट्रिय नजरमा नेपालको वित्तीय प्रणाली शंकाको घेरामा छ : सांसद चन्दा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद चन्दा कार्की भण्डारीले अन्तर्राष्ट्रिय नजरमा नेपालको वित्तीय प्रणाली शंकाको घेरामा रहेको बताएकी छिन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपाली एफएटिएफको ग्रे लिस्टमा परेको छ जसको अर्थ हो अन्तर्राष्ट्रिय नजरमा हाम्रो वित्तीय प्रणाली शङ्काको घेरामा परेको बताईन् ।

‘देशको अर्थतन्त्र अहिले ज्यादै संवेदनशील अवस्थामा छ । बैंकहरूमा खराब कर्जाको अनुपात निर्देशकी सीमा भन्दा माथि पुगेको छ । नेपाली एफएटिएफको ग्रे लिस्टमा परेको छ जसको अर्थ हो अन्तर्राष्ट्रिय नजरमा हाम्रो वित्तीय प्रणाली शंकाको घेरामा परेको छ। बजेट आउन लागिरहेको छ । मौद्रिक नीति बनाउने बेला आएको छ,’ सांसद कार्कीले भनिन्,‘ विश्व बैंक ,एडिबी लगायतका विकास साझेदारहरूले नियामक स्थायित्व खोजिरहेका छन् तर हामी राष्ट्र बैंक नेतृत्वविहीन भइरहँदा पनि सरकार सरकार भने चुप्प लागेर बुझ पचाएर बसिरहेको छ। देशमा आर्थिक समस्याहरू चाङ् चाङ छन्। र, ती समस्याहरू दिनानुदिन घटनाको साथै साटो चुलिँदै गएको देखिन्छ देशमा राजनीतिक परिवर्तन त भयो तर जनताले आर्थिक राहत कति पनि पाउन सकेनन् ।’

सांसदको हैसियतमा मात्र होइन देशको करोडौँ चिन्तित नागरिकहरूको आवाज भएर बोल्न चाहेको भन्दै उनले सरकार गर्भनर भाबन्डाको खेलमा लागेको बताईन् ।

‘सबैले जानेकै कुरा हो कि गभर्नरको जिम्मेवारी मौद्रिक नीति बनाउनु मात्र होइन देशको वित्तीय अनुशासन र स्थायित्व कायम राख्नु नागरिकको आर्थिक सुरक्षाको प्रत्याभूति दिनुपर्ने हो त्यसैले यस्तो पद एक दिनका लागि पनि खाली रहनु हुँदैन तर यसको चिन्ता सरकारलाई भएको देख्दिन मैले सरकार भने अझै पनि भागबन्डाको खेलमै व्यस्त छ। गभर्नर कसको भागमा पर्ने भन्ने सौदाबाजीको खेलमा लागेर मुलुकको अर्थतन्त्रको भविष्य भविष्य दाउमा लगाइरहेको छ। यो भन्दा दुर्भाग्यपूर्ण कुरा के हुन सक्छ,’ सांसद कार्कीले भनिन्,‘फेरि पनि दोहोराउँदै छु कि देशको अर्थतन्त्र सही लयमा नहिँडेको अवस्थामा देशको वित्तीय नियामक संस्था नेतृत्वविहीन हुनु आफैमा एउटा लज्जास्पद कुरा हो। र त्यसमा भागबन्डाको चलखेल हुनु त अझै पनि पीडादायी कुरा हो मेरो लागि पनि ।’

देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक जुन देशको केन्द्रीय वित्तीय मेरुदण्ड हो त्यसको गभर्नरको कार्यकाल सकिएको एक महिनाभन्दा बढी भइसक्यो । तर, आजसम्म त्यो पद खाली छ । सरकार मौन अनि निर्णयविहीन यो केवल एउटा पद खाली भएको कुरा मात्र नभई उनले भनिन् यो देशको अर्थतन्त्र नेतृत्वविहीन अवस्थामा पुगेको गम्भीर संकेत  हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार