सरकारको कार्यशैलीप्रति सांसद विराजभक्तको व्यङ्ग्य : ‘सुखी विचौलिया खुशी माफिया’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारेपनि कार्यशैली भने ठीक विपरीत भएको बताएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले गर्भनर नियुक्तिमा भागबन्डा गर्दा ढिलासुस्ती भएको बताए ।

‘गभर्नर नियुक्तिमा भागबन्डाले ढिलासुस्ती भइरहेको छ। प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारीका लागि धितोपत्र बोर्डले ७ प्रतिशतसम्म कमिसन माग गर्दा पनि सरकार उदासिन छ, उनले प्रश्न गर्दै भने , ‘सरकारको कार्यशैली कस्तो हो साँच्चिकै सुखी विचौलिया खुशी माफिया हो त ?’

सांसद श्रेष्ठले सरकारले नीति तथा कार्यक्रममा सांस्कृतिक सम्पदालाई बेवास्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सरकारलाई अर्को चुनाव नभएर अर्को पुस्तालाई सोचेर राजनीति गर्न पनि सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार