काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बिहीबार साँझका लागि बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्ने कार्यक्रम तय गरिएको छ।
स्रोतका अनुसार बैठकको मुख्य एजेण्डा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी निर्णय रहेको छ। यसका अतिरिक्त बैठकमा भारत–पाकिस्तानबीचको पछिल्लो तनावपूर्ण अवस्थाबारे छलफल हुने बताइएको छ।


