काठमाडौं । श्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले नाफा आर्जन गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्ष (आव) को ९ महिना अर्थात चैतसम्ममा ६ करोड ८० लाख खुद नाफा आर्जन गरेको हो । गत आवको सोही अवधिमा कम्पनी ८ करोड २८ लाख घाटामा थियो ।
यस अवधिमा कम्पनीको विद्युत बिक्री गरेर आम्दानी बढेको छ भने ब्याज खर्च घटेको छ । जसले गर्दा कम्पनी नाफामा गएको देखिन्छ । कम्पनीको विद्युत बिक्रीको आम्दानी ५९ करोड ७६ लाखबाट बढेर ६५ करोड ७६ लाख पुगेको छ। ब्याज खर्च भने ४२ करोड ३२ लाखबाट घटेर ३२ करोड १८ लाख पुगेको छ ।
चुक्ता पुँजी १ अर्ब ५९ करोड रहेको कम्पनीको जगेडा कोषमा २१ लाख ७७ हजार सञ्चित रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी ४ रुपैयाँ २७ पैसा र प्रति शेयर नेटवर्थ ७६ रुपैयाँ ४९ पैसा रहेको छ ।

