काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनर पदको लागि पुनः दाबेदारीको रुपमा बैंकर ज्ञानेन्द्रप्रसाद ढुंगानाको नाम अघि सारिएको छ । हाल दोस्रो रोजाईमा परेका ढुंगाना गर्भनर पदको दाबेदारको रुपमा देखा पर्नुमा भने सत्ता साझेदारी दलहरुबीच देखिएको अंकगणितको कारणले गर्दा हो ।
सत्ता पक्षधर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणकार भट्टलाई अघि सारेको थिए । देउवालाई अघि सारेका भट्टलाई वैधानिक तथा कानुनी रुपमा रोकिदिए सँगै दुवै जना उक्त दाबेदारीबाट पछि हटेका हुन् । भट्टको राजीनामा हालसम्म पनि स्वीकृति भएको छैन जसको कारकको रुपमा कार्यवाहक गर्भनर डा.निलम ढुंगाना देखा परेकी छिन् । बाहिरबाट अर्थात् सोझो रुपमा कार्यवाहक गर्भनर ढुंगाना देखिए पनि भट्टको राजीनामा स्वीकृति नगर्नेका लागि ठूलै दबाब रहेको उच्च स्रोतले बतायो । नेपाली कांग्रेसका एक शीर्ष नेताका अनुसार भट्टको राजीनामा स्वीकृति नगर्नुमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत हात रहेको छ ।
ओली र कार्यवाहक ढुंगानाबीचको मिलेमत्तो
भट्टको राजीनामा स्वीकृत नगर्ने पक्षमा स्वयं कार्यवाहक गर्भनर ढुंगाना पनि रहेकी छिन् कारण आफू भन्दा ‘जुनियर’ लाई गर्भनरको लागि बाटो खोलि दिएर आफू ‘जुनियर’ मूनि बसेर काम गर्ने इच्छा शक्ति नहुँदाको परिणामा हो । उच्च स्रोतका अनुसार आफै गर्भनर पदको लागि दाबेदारी मानिएकी कार्यवाहक गर्भनर ढुंगाना भट्टको निर्देशनमा बसेर काम गर्ने इच्छा नहुन र स्वयं पनि कही कतैबाट गर्भनर पद पाईन्छ कि भन्ने अभिलाशा बोक्नु रहेको छ , यस्तो मनशाय बोक्नुमा भने उनी प्रधानमन्त्री निकट व्यक्ति हुन् ।
प्रधानमन्त्री ओली पनि गर्भनर पद यदि आफनो पार्टीको पोल्टामा आएमा ढुंगानालाई गर्भनर नियुक्त गर्न तयार रहेका छन् । प्रधानमन्त्री ओली र सभापति देउवाबीच भएको भ्रद सहमति अनुरुप गर्भनर पद भने कांग्रेसको भागमा रहेको छ जसले गर्दा भवितव्य बाहेक अन्य अवस्थामा एमाले वा ओलीको भागमा गर्भनर पद नआउने निश्चित नै रहेको कांग्रेस निकट स्रोतले बतायो । प्रधानमन्त्री ओलीको भागमा गर्भनर पद आउनु र एमाले वा ओली पक्षधरहरु गर्भनर पद हत्याउछु भन्ने आशामा बसिरहेको देखिन्छ । यी कारणले गर्दाखेरि गर्भनरको दाबेदारी बनेको भट्ट पछि हट्नु परेको हो ।
आरजु र चौधरीले साथ दिएका ज्ञानेन्द्र
पुनः गर्भनरको दाबेदारी ज्ञानेन्द्रलाई भन्नुको कारण परराष्ट्र मन्त्री आरजु देउवा राणा र नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले ज्ञानेन्द्रलाई साथ दिनु रहेको छ । भट्टलाई देउवाले अघि सारेर असफल भए सँगै ज्ञानेन्द्रको भाग्यले साथ दिएको जसको जोडबलमा राणा र चौधरीको साथ रहेको छ । गर्भनरको दाबेदारीको रुपमा रहेका भट्ट पछि हटे सँगै ज्ञानेन्द्रको लागि गर्भनर पदमा ढोका खुलेको हो ।
अब दोस्रो रोजाईमा रहेका ज्ञानेन्द्र अघि बढ्ुनमा भने हालका प्रतिस्पर्धीहरु पछि हटेका कारण हो । जस्तो कार्यवाहक गर्भनर ढुंगाना गर्भनर बन्न नसक्नुमा एमाले वा प्रधानमन्त्री ओलीको भागमा गर्भनर पद नपर्नु रहेको छ भने भट्ट गर्भनरको दाबेदारीबाट पछि हट्नुमा राजीनामा स्वीकृति नहुनु वा नगर्नु रहेको छ ।
उच्च स्रोतका अनुसार गर्भनर नियुक्तिको दबाब चौतर्फी भए सँगै उक्त दबाब बाट हट्नको लागि वा निकास दिनको लागि गर्भनर नियुक्ति बाहेको विकल्प नहुँदा देउवा, ओलीको दोस्रो रोजाईमा परेका ज्ञानेन्द्र दाबेदारको रुपमा उपस्थित जनाएका हुन् । गर्भनरका लागि आरजु र देउवा बीच पनि मतभेद रहेको थियो , अबको विकल्प ज्ञानेन्द्र बाहेक अन्य नभए सँगै देउवा, आरजु र ओलीबीच सैद्धान्तिक सहमति हुन लागेको हो , यद्पि यो विषयमा आधिकारिक रुपमा भने तीनैजना बीच छलफल भने नभएको उच्च स्रोतले बतायो ।
ज्ञानेन्द्रलाई आरजुले अघि सारेकी छिन् भने कार्यवहाक गर्भनर डा. ढुंगानाले पनि भट्टको निर्देशनमा काम गर्नु भन्दा वरु उही क्षेत्रको तथा ‘जुनियर सिनियर’को मतभेद नदिखिने हुँदा ज्ञानेन्द्रलाई स्वीकार गर्ने अवस्था हुन सक्ने आंकलन गरिएको छ । निजी क्षेत्रबाट आउने ज्ञानेन्द्रले देउवा तथा ओलीलाई समेत फरक हिसाबले सहयोग गर्न सक्ने र उनले उक्त कुरा समेत स्वीकार गरी सकेको हुँदा उनी पछिल्लो समयमा दाबेदारको रुपमा देखा परेको सत्ता पक्षधरहरुले बताउँछन् ।


