काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको वैशाख २६ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले लगानीकर्तालाई मुनाफा वितरण गर्नको लागि बैंकको कर्जा घटाउनु पर्ने भएको र सो प्रयोजनको लागि हकप्रद निष्काशन गर्न लागेको हो।
कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन आयोग समक्ष पूर्व स्वीकृतिको लागि निवेदन गर्ने निर्णय पनि गरेको छ।

