भरतपुर (चितवन) । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आइतबार बिहान पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक अहिले एकतर्फी खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार दुर्घटनामा मानवीय क्षति नभएको र अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फी खुला गरिएको छ ।

