काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेको इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन गरेको छ । आइतबार नेप्सेले नेको इन्स्योरेन्स लिमिटेडको ७ प्रतिशत बोनश शेयर प्रयोजनको लागि शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीको वैशाख २८ गते कायम अन्तिम शेयर मूल्य ७३८ रुपैयाँ ९० पैसाको आधारमा नेप्सेले मूल्य समायोजन गरे पछि बोनस पछिको मूल्य प्रतिकित्ता ६९० रुपैयाँ ५६ पैसा तोकेको छ । सोही मूल्यको आधारमा मंगलबार शेयरबजारमा कारोबार खुल्नेछ ।
यस कम्पनीले गत आर्थिक वर्ष २०८०८१ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयरसँगै कर प्रयाजनाका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ ।
प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले जेठ ९ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले वैशाख ३० गते एक दिन बुक क्लोज गर्दैछ । बुक क्लोजको अघिल्लो दिन सार्वजनिक बिदा परेकाले वैशाख २८ गतेसम्म कायम शेयरधनी मात्र लाभांश पाउन योग्य हुने छन् ।

