काठमाडौं । माथिल्लो हेवा खोला हाइड्रोपावरले तेस्रो त्रैमासमा साढे चार करोड नाफा कमाएको छ । समीक्षा अवधिमा कम्पनीले चार करोड ४६ लाख खुद नाफा कमाएको हो ।
अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीको नाफा ८ लाख ५२ हजार रुपैयाँ मात्रै रहेको थियो ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११.९० रुपैयाँ रहेकोमा प्रतिशेयर नेटवर्थ रु १११.०३ रहेको छ । कम्पनीको अधिकतम् शेयरमूल्य ९९३.४० रुपैयाँ रहेको छ ।
गत वर्ष २०८० असार २ गते राति आएको बाढीले कम्पनीको संरचनामा व्यापक क्षति पुगेकोमा बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सम्पन्न भएको छ ।

