ह्वात्तै बढ्यो अपर तामाकोशीको घाटा

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको घाटा बढेको छ ।

कम्पनीले चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्म २ अर्ब ६ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ३९ करोड रुपैयाँ घाटा व्यहोरेको थियो । समिक्षा अवधिमा कम्पनीको घाटा ४८.२० प्रतिशतले बढेको छ ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ६ अर्ब ५३ करोड रुपैयाँबाट घटेर ४ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ। विद्युत बिक्रीबाट हुने आम्दानी घटे सँगै घाटामा थप वृद्धि भएको हो ।

यसैबीच कम्पनीको वित्तीय खर्च भने घटेको छ । अघिल्लो वर्षको ४ अर्ब ६९ करोड रुपैयाँ खर्च घटेर हाल ४ अर्ब ६ करोड रुपैयाँमा झरेको छ। यस अवधिमा कम्पनीको अन्य आम्दानी ९७ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा (रिटेन्ड अर्निङ) १२ अर्ब १८ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको प्रतिकित्ता आम्दानी ९.७६ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ४६.७९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार